मङ्सिर ६ । बुटवल कालिका क्याम्पसको १२ औँ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभाको अध्यक्षता क्याम्पस अध्यक्ष होमबहादुर गलामीले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि यस क्याम्पसका पूर्व अध्यक्ष तथा हाल बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री रहनुभएकाे थियो। प्रमुख अतिथि क्षेत्रीले राजनीतिक अस्थिरता र बेलाबेलामा हुने सरकार परिवर्तनले नीतिगत समस्या भएको बताउनुभयो । राष्ट्रिय रूपमा नीतिगत समस्या भएपनि उपमहानगरपालिकाको शैक्षिक वृद्धिका लागि क्याम्पसलाइ नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
क्याम्पस प्रमुख घनश्याम पाठकले वार्षिक प्रतिवेदनमा क्याम्पसको वार्षिक प्रगति, उपलब्धि तथा आगामी कार्ययोजनाको बारेमा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा क्याम्पस सभा सदस्य तथा वडा नम्बर १० का वडाध्यक्ष बलबहादुर पुन, क्याम्पसका पूर्व अध्यक्ष अर्जुनमान सैजु, र क्याम्पस सभा सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले क्याम्पसको निरन्तर विकास, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार तथा समुदायसँगको सहकार्यका विषयमा आफ्ना धारणा राख्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।
क्याम्पसका उपाध्यक्ष नित्यनन्द ज्ञवालीको स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख महेश पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो ।