News Details - Butwal Kalika Campus
Welcome to Butwalkalikacampus
बुटवल कालिका क्याम्पसद्वारा आयोजित पहिलो राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न
बुटवल कालिका क्याम्पसद्वारा आयोजित पहिलो राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

बुटवलको शैक्षिक विकासमा टेवा पुग्ने बिश्वास
बुटवल,७ असार ।
बुटवल स्थित बुटवल कालिका क्याम्पसद्वारा आयोजित ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयक पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

दुई दिने सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयलगायत देश–विदेशका ख्यातिप्राप्त शैक्षिक संस्थाबाट प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति विश्लेषकहरूकाे सक्रिय सहभागिता रहेको क्याम्पसले जनाएकाे छ ।

सम्मेलन समापनका अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा डा महानन्द चालिसेले सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानहरूले स्थानीयकरणमा दिगोपना दिन महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानहरूलाई प्रकाशन गर्न समेत उनलेे आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा शिव भुसालले शैक्षणीक विधि र अनुसन्धान लाई समाजसँग जोडेर लैजानुपर्नेमा जोड दिदै समाजका विषयवस्तुलाई पाठ्यक्रममा जोड्नुपर्ने आवश्यकता औल्याए । त्यस्तै प्रा डा जीवलाल सापकोटाले सम्मेलनमा जल्दोबल्दो विषयका अनुसन्धानहरू प्रस्तुत भएको भन्दै यसले बुटवलको शैक्षिक विकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले सम्मेलनले अनुसन्धान, शिक्षण र नीतिगत अभ्यासबीच सशक्त सहकार्यको सुरुवात गरेकाे उल्लेख गरे ।

क्याम्पसका अध्यक्ष होमबहादुर गलामीले सम्मेलनलले सामाजिक विज्ञान र व्यवस्थापन क्षेत्रका सिद्धान्त र व्यवहारबीचको दूरीलाई घटाउँदै स्थानीय तहमा दिगो विकासका लागि ज्ञानको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण बहसको थालनी गरेको धारणा राखे ।

सम्मेलनको निष्कर्ष तथा कार्ययोजना निकट भविष्यमै सम्बन्धित नीतिगत तहमा पेश गर्ने र त्यसले दिगो स्थानीयकरणमा टेवा पुर्‍याउने क्याम्पसकाे अपेक्षा छ ।

दुई दिने सम्मेलनमा वैज्ञानिक प्रस्तुतिहरू र अन्तरक्रियात्मक छलफलहरू भएको कार्यक्रम संयोजक कृष्ण पोखरेलले जानकारी दिए ।

News by lumbinipati.com

WhatsApp